सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप
nepalsamaya.com · Wed Aug 19 10:29:46 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण बालिकाको ज्यान गएको दाबी गरे। उनले घटनाप्रति प्रहरीको फितलो उपस्थिति र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)