आशिका तामाङलाई फेरि नियमापत्ति जनाउन बाध्य पार्ने एमाले सांसद सिद्धिकीको अभिव्यक्ति
nepalviews.com · Wed Aug 19 10:28:58 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ संसद्मा कहिले नियमापत्ति त कहिले बहिष्कारले चर्चमा रहन्छिन् । उनी संसद् बैठकमा लगातार चर्चामा रहकेन सांसदमध्ये एक हुन् । बुधबार पनि उनी आशनबाट नियमापत्ति जनाउन उठिन् । उनले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)