लगातार दोस्रो दिन घट्यो नेप्से
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा लगातार दोस्रो दिन गिरावट आएको छ । मंगलबार दोहोरो अङ्कले गिरावट आएको नेप्सेमा बुधबार झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २६ अङ्कले घटेर दुई हजार ६२२ दशमलव २२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अङ्कले घटेर ४६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ०२ अङ्कले घटेर १७९ दशमलव ९५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने आज स्थिर रहँदै १५५ दशमलव ७५ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)