प्रश्न उठ्नु स्वाभाविक भए पनि तत्काल मन्त्री हेरफेरको कुनै तयारी छैन : रवि लामिछाने
kendrabindu.com · Wed Aug 19 11:01:19 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल हेरफेर गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा मन्त्री तथा सांसदहरूसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रीहरूको कामकारबाहीमाथि प्रश्न उठ्दैमा जिम्मेवारी परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका हुन् ।
सभापति लामिछानेले मन्त्रीहरूले जिम्मेवारीअनुसार धेरै काम गरिरहेकाले उनीहरूको कामका विषयमा विभिन्न प्रश्न उठ्नु स्वाभाविक भएको बताए । तर आलोचना वा प्रश्न उठेकै आधारमा मन्त्री परिवर्तन गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)