एमाले नेता बादलको बालेन्द्रतन्त्र शब्दप्रति रास्वपा सांसद बास्कोटाको नियमापत्ति
ratopati.com · Wed Aug 19 11:09:14 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा सम्बोधनका क्रममा प्रयोग गरेको बालेन्द्रतन्त्र लगायतका शब्दहरू प्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बादलले अहिलेको शासन व्यवस्थालाई बालेन्द्रतन्त्र भनी महेन्द्र र ज्ञानेन्द्रको शासनसँग तुलना गरेपछि सांसद बास्कोटाले नियमावलीको नियम २१ को (घ) र संविधानको धारा ७६ तथा १७ को (घ) आकर्षित गर्दै नियमापत्ति जनाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)