एक वर्षमा १४ करोडको जडीबुटी निर्यात
nagariknews.nagariknetwork.com · Wed Aug 19 10:59:33 GMT 2026

एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।
भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु दुई करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु छ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)