सरकारको राष्ट्रिय सुरक्षा नीतिमाथि बादलको प्रश्न
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले वालेन्द्र साह नेतृत्वको सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा विचलन आएको आरोप लगाए। सरकारले तिब्बतीयन आध्यात्मिक संस्था (टीओबी) तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सवको बाहानामा राजनीतिक चलखेल गर्न अनुमति दिएको उनको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)