१५ वर्ष कैद तोकिएका प्रतिवादी फेरि नाम ढाँटेर अफिम कारोबार गर्दै
ratopati.com · Wed Aug 19 11:36:22 GMT 2026

काठमाडौँ । प्रहरीले भदौ १ मा बाँकेको कोहलपुरमा गोली चलाएर दुई जना लागुऔषध अफिम चोप कारोबारीलाई पक्राउ गरेको थियो । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय नेपालगन्ज र सुर्खेतबाट खटिएको टोलीले उनीहरूको साथबाट १४ केजी ७६० ग्राम अफिम बरामद गरेको थियो ।
अफिस सहित पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका घर भएका ४३ वर्षीय कर्णबहादुर बुढा र बाँके कोहलपुर नगरपालिका घर भएका ६० वर्षीय टोप जङ्ग गिरी छन् । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि १ राउन्ड हवाई फायर गरिएको ब्युरोका सह प्रवक्ता (डीएसपी) जीवन निरौलाले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)