भारत-बङ्गलादेश आर्थिक सहकार्यमा जोड
barnanmedia.com · Wed Aug 19 11:33:46 GMT 2026

भारत र बङ्गलादेशबिच कूटनीतिक अनिश्चितता कायम रहे पनि दुवै देशका व्यवसायीले व्यापार, लगानी र उत्पादनका क्षेत्रमा सहकार्य विस्तार गरी आर्थिक सम्बन्धलाई द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण आधार बनाउन सकिने बताएका छन् ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला व्यवसायीको पछिल्लो सक्रियताले आर्थिक सम्बन्धमार्फत दुई देशबिचको दूरी कम गर्न सकिने सम्भावना देखाएको छ । भारतीय उद्योग परिसङ्घ (सीआइआई) को एक प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरी सरकारका मन्त्री तथा बङ्गलादेशी व्यापारिक समुदायका प्रतिनिधिसँग छलफल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)