तातो कफी पोखिएर घाइते यात्रुलाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति दिनुपर्ने
bishowkhabar.com · Wed Aug 19 11:39:30 GMT 2026

काठमाडौं– हवाई यात्राका क्रममा चालक दलका सदस्यको लापरबाहीका कारण तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई कतार एयरवेजले २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ । काठमाडौंस्थित उपभोक्ता अदालतले कतार एयरवेजका नाममा उक्त क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
ललितपुर महानगरपालिका–२ की ५२ वर्षीया प्रिती थापा सन् २०२३ जुलाई १० मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७४४ बाट बोस्टनबाट दोहा हुँदै काठमाडौं आउँदै थिइन् । यात्राका क्रममा चालक दलका सदस्यले कफी दिने क्रममा अत्यधिक तातो कफी उनको पेट र तिघ्रामा पोखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)