कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
ratopati.com · Wed Aug 19 12:09:36 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत तटस्थ रहेको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उनलाई विश्वासको मत दिएका हुन्। शाहीले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेश सभा समक्ष पत्र दर्ता गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)