चार दिने नेपाल भ्रमण सकेर भारतीय सेना प्रमुख स्वदेश फिर्ता
kendrabindu.com · Wed Aug 19 12:30:14 GMT 2026
काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ बुधबार स्वदेश फर्किएका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
नेपाल भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठले उच्च राजनीतिक तथा सैन्य नेतृत्वसँग भेटवार्ता गरेका थिए। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)