पत्रकार पक्राउ प्रयासमा अदालतको ब्रेक, किशोर श्रेष्ठलाई अन्तरिम राहत
kalakarmi.com · Wed Aug 19 12:48:06 GMT 2026

न्यायाधीश अच्युत कुइकेलको एकल इजलासले जिल्ला प्रहरी परिसर ललितपुरका नाममा जारी गरेको आदेशमा संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकको संरक्षण आवश्यक रहेको उल्लेख गरिएको छ।
किशोर श्रेष्ठले आफूविरुद्ध प्रकाशित समाचारकै विषयलाई लिएर गैरकानुनी रूपमा पक्राउ गर्ने तयारी भइरहेको भन्दै निषेधाज्ञाको मागसहित उच्च अदालत पुगेका थिए। अदालतले प्रेस काउन्सिल नेपालमा उजुरी विचाराधीन रहेकै अवस्थामा प्रहरीबाट पक्राउ हुन सक्ने अवस्थाले नागरिकको वैयक्तिक स्वतन्त्रतामा असर पर्ने देखिएको निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)