सिनसिनाटी ओपन: सबलेन्का चौथो चरणमा, मेदभेदेभको नाटकीय हार
nagariknews.nagariknetwork.com · Wed Aug 19 12:58:24 GMT 2026
शीर्ष वरीयाताकी एरिना सबलेन्काले ५४ मिनेटमा चीनकी वाङ झिउँलाई पराजित गर्दै सिनसिनाटी ओपनको चौथो चरणमा स्थान बनाएकी छन्। बेलारुसकी साबालेन्काले चीनकी वाङ ६–१ र ६–३ को सहज सेटमा पराजित गरिन्।
सबलेन्काले खेलभर एकपटक पनि ब्रेक पोइन्टको सामना गर्नुपरेन। उनले आठ सर्भिस गेममा जम्मा ६ अंक मात्र गुमाइन् भने १७ विनर्स प्रहार गर्दा पाँचवटा मात्र अनफोर्स्ड एरर गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)