दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
barnanmedia.com · Wed Jul 01 03:23:18 GMT 2026

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो ।
दिक्तेलस्थित शुभम् फाउन्डेसनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण थालेका छन् । विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)