सरकारी सफ्टवेयर सरकारले नै बनाउने, मन्त्रिपरिषदबाट ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश’ स्वीकृत
techpana.com · Wed Aug 19 13:20:16 GMT 2026

काठमाडौं । सरकारले आईटी क्षेत्रमा वैदेशिक परनिर्भरता घटाउँदै आत्मनिर्भर बन्ने लक्ष्यका साथ ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेसँगै अब सरकारी निकायका लागि आवश्यक पर्ने सफ्टवेयरको विकास, सञ्चालन र मर्मतसम्भारका लागि छुट्टै अधिकारसम्पन्न संयन्त्र बन्ने निश्चित भएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३’ सहित विभिन्न ११ वटा निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)