प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित, अर्को बैठक भदौ ८ गते
kendrabindu.com · Wed Aug 19 13:28:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित गरिएको छ। बुधबारको बैठक सम्पन्न गर्दै सभामुख डोलप्रसाद अर्याल ‘डीपी’ले आगामी बैठक भदौ ८ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।
बुधबारको बैठकमा बालश्रम (निषेध र नियमित गर्ने) ऐन संशोधन विधेयकमाथि सांसदहरूले छलफल गरेका थिए। छलफलका क्रममा सांसदहरूले बदलिँदो श्रम बजार, संघीय शासन प्रणाली, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ध्यानमा राखेर बालश्रमसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)