भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
barnanmedia.com · Wed Aug 19 13:36:36 GMT 2026

काठमाडौँ, ३ भदौः प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उहाँकी धर्मपत्नीले बिदाइ गर्नुभएको थियो । भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । उहाँले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)