जम्बाे टाेली लिएर ऊर्जा मन्त्रालय किन पुगे गृहमन्त्री गुरूङ?
barnanmedia.com · Wed Aug 19 13:49:39 GMT 2026

गृहमन्त्री सुधन गुरुङ गोरखा-१ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरुङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणको टिमले उनीहरूको समस्या सुनेको छ । व्यवसायीहरूले उत्पादनको तयारीमा रहेको भन्दै प्रसारण लाइनको विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)