डार्क वेबमा भेटियो १६ वाणिज्य बैंकका कर्मचारी र सिस्टम एड्मिनसम्बन्धी करिब ६०० अकाउन्टको डेटा
techpana.com · Wed Aug 19 14:19:04 GMT 2026

काठमाडौं । के तपाईंको बैंक खाता साँच्चै सुरक्षित छ ? टेकपानाको अनुसन्धानले नेपालको बैंकिङ प्रणालीमा रहेको गम्भीर सुरक्षा चुनौती उजागर गरेको छ । अनुसन्धानका क्रममा नेपालका २० मध्ये १८ वटा वाणिज्य बैंकका कर्मचारी, सिस्टम एड्मिनिस्ट्रेटर र ग्राहकसँग सम्बन्धित ९ हजारभन्दा बढी संवेदनशील लगइन विवरण डार्क वेबमा फेला परेका छन् । यीमध्ये करिब ६०० अकाउन्ट विवरण बैंकका आन्तरिक प्रणालीसँग सम्बन्धित छन्, जसले साइबर सुरक्षाको गम्भीर कमजोरी उजागर गरेको छ ।
अनुसन्धानको क्रममा २० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकका कर्मचारी र सिस्टम एड्मिनको डेटा डार्क वेबमा फेला परेको हो । लिकमा परेका बाँकी दुई वटा बैंकको भने ग्राहकको डेटा मात्रै छ । ईमेल र पासवर्डसहितका यी डेटाबाट कतिपय बैंकको संवेदनशील डेटामा सजिलै पहुँच पाउन मिल्छ । अनुसन्धानको क्रममा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सानिमा, हिमालयन, नबिल, कुमारी, एनएमबी, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, प्रभु, सिटिजन्स, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी र सिस्टम एड्मिनको डेटा डार्क वेबमा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)