सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार
ratopati.com · Wed Aug 19 14:30:37 GMT 2026

सर्लाही। सर्लाही जिल्लाको कौडेना गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको विशेष टोलीले कौडेना गापा १, लक्ष्मीपुरस्थित एक घरबाट करिब ३०० किलोग्राम गाँजा बरामद गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भदौ २ गते राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको घरमा खानतलासी गरेको थियो। टाली र बाँसले बनेको भुस राख्ने घरभित्र लुकाएर राखिएको १५ वटा बोरामा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)