चार दिने भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरे । भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)