डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु
ratopati.com · Wed Aug 19 14:43:52 GMT 2026

काठमाडौँ। देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। गत पुसदेखि हालसम्मको अद्यावधिक विवरण अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। यस अवधिमा डेंगु सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदन अनुसार देशका ७४ जिल्लामा डेंगुको प्रकोप फैलिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)