जीवन बीमा कम्पनीको नाफा घट्यो : नाफामा आईएमई, वृद्धिदरमा सिटिजन अगाडि
ratopati.com · Wed Aug 19 14:45:00 GMT 2026

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका प्रमुख १२ जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफामा सामान्य गिरावट आएको छ। सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा समग्र नाफा २.४३ प्रतिशतले घटेको हो।
अघिल्लो आर्थिक वर्ष (२०८१/८२) को चौथो त्रैमासमा यी कम्पनीहरूले कुल ५ अर्ब २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा उक्त नाफा घटेर ५ अर्ब ८ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)