पहिरोको जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो
annapurnapost.com · Wed Aug 19 14:35:15 GMT 2026

काठमाडौं : रसुवामा पहिरोको जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको जोखिम बढेपछि नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० परिवारका ३१ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
बस्ती तलको जमिन चर्किएर भाँसिन सक्ने र पहिरोले घरमा क्षति पुर्याउन सक्ने जोखिम देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनीहरूलाई कफ्थलीटारस्थित सार्वजनिक स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)