सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु, दुई जना पक्राउ
annapurnapost.com · Wed Aug 19 14:58:57 GMT 2026

काठमाडौं : सिकार खेल्ने क्रममा गोली लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको हो।
भदौ २ गते दिउँसो सिकार खेल्ने क्रममा कृष्णबहादुर बुढा क्षेत्रीले जंगली बँदेललाई गोली हान्ने क्रममा विश्वकर्माको दाहिने छातीमा लागेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)