गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानका लागि गृहमन्त्रीले खोजे उर्जामन्त्रीको साथ
canadanepal.com · Wed Aug 19 15:02:06 GMT 2026

काठमाण्डौ - गृहमन्त्री सुधन गुरूङ गोरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।
उर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणको टिमले उनीहरूको समस्या सुनेको छ । व्यवसायीहरूले उत्पादनको तयारीमा रहेको भन्दै प्रसारण लाइनको विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)