पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
nepalnews.com · Wed Aug 19 15:19:43 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार श्रेष्ठलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पक्राउ, धरपकड वा थुनामा नराख्न आदेश दिएको हो।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले श्रेष्ठको वैयक्तिक स्वतन्त्रतामा असर पर्ने अवस्था देखिएको भन्दै तत्काल पक्राउ नगर्न आदेश दिएको हो । अदालतको आदेशसँगै रिटको अन्तिम फैसला नभएसम्म श्रेष्ठमाथि पक्राउ तथा धरपकडको प्रक्रिया अघि बढाउन प्रहरीलाई रोक लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)