तीन सातापछि कर्णालीमा तीन मन्त्रीको शपथ
nepalviews.com · Wed Aug 19 15:17:49 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् । उनीहरूलाई बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)