जनता संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा पुग्दैछन्: नेता थापा
nagariknews.nagariknetwork.com · Wed Aug 19 15:28:11 GMT 2026

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जनता संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा पुगेको दाबी गरेका छन्। बुधबार कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै थापाले यस्तो दाबी गरेका हुन्।
बारम्बार सरकार परिवर्तन भइरहने, सत्ता समीकरणहरू बदलिइरहँदा संघीयता देशका लागि आवश्यक छैन भन्ने निश्कर्षमा जनता पुगेको उनले बताए। त्यहिकारण फागुन २१ गते जनताले मत वदलेको थापाको भनाई छ। उनले भने‘प्रदेशमा बारम्बार सरकार परिवर्तन र सत्ताको खिचातानीका कारण देशकालागि संघीयता आवश्यक छैन भन्ने निश्कर्षमा जनता पुगेका छन्। त्यहिकारण फागुन २१ गते जनताले मत बदले।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)