नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
nepalpress.com · Wed Aug 19 16:34:42 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । दुई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था भए पनि सरकारले एक जनालाई मात्र नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)