‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
reportersnepal.com · Wed Aug 19 16:35:57 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ।
प्रतिनिधिस भाको बुधबारको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरुका सुझावहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त सुझावहरु विधेयकमा समेटिने बताए। उनले यससम्बन्धी २७ वर्ष पुरानो कानुन समय सान्दर्भिक संशोधन गर्नका लागि विधेयक ल्याउनुपरेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)