सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
nepalnews.com · Wed Aug 19 16:54:50 GMT 2026

काठमाडौं । सरकारले सरकारी निकायमा स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीसँगको परामर्शपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरेको हो।
प्रधानमन्त्री कार्यालयले बुधबार संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगलाई पत्र पठाउँदै सरकारी कामकाजमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोग बढाउन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)