चीन र अष्ट्रेलियाबिच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
ratopati.com · Wed Aug 19 17:32:13 GMT 2026

काठमाडौँ । चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पुर्याइएको पीबीओसीले बुधबार जनाएको छ ।
यसअघि सम्झौताको अधिकतम सीमा २०० अर्ब युआन (करिब ४१ अर्ब अष्ट्रेलियाली डलर) थियो । दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने पीबीओसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)