पासपोर्ट छपाइको विषयमा जर्मनीले भन्यो : राजदूतसँग स्पष्टीकरण सोधिएको होइन
corporatenepal.com · Wed Jul 01 04:30:59 GMT 2026

काठमाडौं । पासपोर्ट छपाइको विषयमा नेपालमा विवाद चलिरहँदा जर्मनीका लागि नेपाली राजदूतलाई जर्मन विदेश मन्त्रालयले स्पष्टीकरण सोधेको भन्ने विषयलाई जर्मनीले खण्डन गरेको छ । आज नेपालस्थित जर्मन दूतावासले विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न पनि आग्रह गरेको छ ।
उसले पासपोर्ट छपाइको विषयमा नेपाली राजदूतसँग सामान्य छलफल भएको भन्दै कुनै स्पष्टीकरण नसोधिकएको स्पष्ट पारेको हो । अन्यत्र भेटघाटलाई स्पष्टीकरण मानिनु सामान्य लागे पनि कूटनीतिमा यो आफैँमा संवेदनशील विषय रहेको पनि स्मरण गराएको छ ।उक्त भेटका क्रममा कुनै पनि प्रकारको विरोधपत्र वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि स्पष्ट पारेको छ । उसले अदालतको प्रक्रियाको नतिजाका आधारमा कुनै सम्भावित परिणाम वा कारबाहीबारे कुनै चेतावनी पनि नदिइएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)