मृत्युपछि भ्रष्टाचारमा दोषी ठहर, चार छोराबाट करिब २.९४ करोड बिगो असुल गर्न आदेश
bishowkhabar.com · Wed Jul 01 04:37:17 GMT 2026

काठमाडौं- राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा पर्सा मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) स्वर्गीय किरणप्रसाद उपाध्यायलाई विशेष अदालतले मृत्युपछि दोषी ठहर गरेको छ । मंगलबार भएको फैसलामा अदालतले उनको मृत्यु भइसकेकाले फौजदारी सजाय लागू नहुने भए पनि भ्रष्टाचारबाट भएको क्षतिको बिगो उनका चार छोराबाट असुल गर्न आदेश दिएको हो ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उपाध्यायका चार छोरा- पशुपतिप्रसाद, मुरारीप्रसाद, गौतमप्रसाद र राजकिशोरप्रसाद उपाध्यायबाट कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ दामासाहीका आधारमा असुल गर्नुपर्ने फैसला सुनाएको छ। प्रत्येकले ७३ लाख ४२ हजार १४१ रुपैयाँ २५ पैसा बराबरको रकम तिर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)