अध्ययन भन्छः व्यक्तिको स्वस्थतामा अनलाइन गेम खेल्न बिताउने समयको कुनै सम्बन्ध छैन
techpana.com · Wed Jul 27 17:00:19 GMT 2022
३९ हजार भिडिओ गेमरहरूमाथि गरिएको एक अध्ययनमा खेलमा व्यतीत गर्ने समयले उनीहरूको स्वस्थतामा पार्ने असर ‘थोरैदेखि प्रमाण विहीन’ देखिएको छ । जसअनुसार उनीहरूमा कुनै किसिमको भिन्नता देखा पर्नका लागि सामान्यतः प्रति दिन १० घण्टा भन्दा बढी समय अनलाइन गेम खेल्नुपर्ने हुन्छ ।
जीवनप्रतिको सन्तुष्टि र खुशी, दुःख, रिस र निराशाको विषयमा सोधेर स्वस्थताको मापन गरिएको थियो । पछिल्लो परिणाम सन् २०२० को अध्ययनसँग बाझिने किसिमको छ । जब कि दुवै अध्ययन अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटको उही विभागले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)