विराट गोल्डकप : उपाधिका लागि मछिन्द्र र सांग्रीला भिड्ने
ekantipur.com · Thu Apr 04 17:07:05 UTC 2024
विराटनगर — म्याच रेफ्री श्रवण लामाले निर्धारित समयपछि थप गरिएको चार मिनेटको इन्जुर समयमा अन्तिम हुसिल बजाउनुभन्दा केही क्षण पहिला गोल गर्दै मछिन्द्र फुटबल क्लब काठमाडौं बिहीबार आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
मछिन्द्रले पाहुना टोली सिक्किम ड्रागन भारतविरुद्ध १–० गोलको संघर्षमय जित निकाल्दै घरेलु टोली सांग्रीला फुटबल क्लब मोरङसँग शनिबार फाइनल भेट गरेको हो । सांग्रीलाले बुधबार विभागीय टोली एपीएफलाई सडनडेथमा ४–३ ले निराश गर्दै उपाधि यात्रा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)