बालिका हत्यामा इजरायली सेनाद्वारा गल्ती स्वीकार
annapurnapost.com · Thu Aug 20 00:31:49 GMT 2026

जेरुसेलम (बीबीसी) : इजरायली सेनाले गाजाकी पाँच वर्षीया बालिका हिन्द रजबको हत्याको सम्बन्धमा आपराधिक अनुसन्धानको आदेश दिएको छ। उनी र स्वास्थ्यकर्मीबीच भएको कारुणिक कुराकानीको अडियो रेकर्डिङ विश्वभर प्रसार भएपछि उनको मृत्युको अन्तर्राष्ट्रिय स्तरमा तीव्र भत्र्सना भएको थियो।
जनवरी २०२४ मा गाजा सहरमा इजरायली गोलीबारीको चपेटामा परेको सवारीसाधनमा सवार परिवारका सात सदस्यमध्ये यी प्यालेस्टिनी बालिका पनि एक थिइन्। परिवारका अन्य सदस्यहरूको ज्यान लिएको उक्त आक्रमणबाट उनी सुरुमा जीवितै बचेकी थिइन्, तर मद्दतका लागि एम्बुलेन्समा आएका दुई प्यारामेडिक र आफ्ना आफन्तहरूसँगै केही दिनपछि उनको शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)