पानीमा भिज्दै ६ दिनदेखि धर्नामा लघुवित्त पीडित
annapurnapost.com · Thu Aug 20 00:37:08 GMT 2026

काठमाडौं : ‘बस्ने बास छैन, खाने भात छैन। बास सडकमा छ, खानाको पनि समय ठेगान छैन,’ एक हप्तादेखि राष्ट्रिय मानव अधिकार आयोग परिसर अगाडि धर्नामा बसेका लघुवित्त पीडित रोहित सहनी गुनासो गर्छन्, ‘आफैं किनेर खाऊँ पैसा छैन। भोक लाग्दा कसैले खाना देला कि भनेर कुर्नुपर्ने अवस्था छ। न आफ्नो घर छ, न सरकारले हाम्रा कुरा सुन्छ।’
गत साउन ११ गतेदेखि न्यायको खोजीमा सर्लाहीको हरिवनबाट यात्रा सुरु गरेका पर्साका रोहित सहनीसहित दुई सयभन्दा बढी पीडितहरू माइतीघर हुँदै अहिले ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोग अगाडि धर्ना दिइरहेका छन्। कोभिड–१९ पछि सुरु भएको लकडाउनका कारण व्यापारघाटा बढ्दै गएपछि ऋण तिर्न नसकेको र लघुवित्तले घरजग्गा नै लिलाम गरिदिएपछि आफूहरू सडकमा पुगेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)