मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
hamrakura.com · Thu Aug 20 00:00:00 GMT 2026
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका विभिन्न भू-भागमा साधारणतया बदली रहनेछ। विशेष गरी दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)