सरकारी निकायले अब स्वदेशी उत्पादन र सेवा प्रयोग गर्नुपर्ने
kendrabindu.com · Thu Aug 20 00:49:53 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि आग्रह गरेको छ । कार्यालयले बुधबार पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन आग्रह गरेको छ ।
सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम चालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ट पारेको छ । अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीहरूमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुहरू नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)