इरानसँग व्यापार गर्ने देशहरुले कडा परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी
annapurnapost.com · Thu Aug 20 00:58:22 GMT 2026

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाहीको घोषणा गरेका छन् । इरानसँगको पाँच महिनाभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आयोजित वार्ताहरू निष्कर्षविहीन बनेपछि ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरुले यसकाे कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै राष्ट्रपति ट्रम्पले इरानले सम्झौताको अवसर गुमाएको आरोप लगाए। उनले इरानविरुद्ध 'कुनै पनि देशमाथि नगरिएको सबैभन्दा कडा आर्थिक कारबाही र नाकाबन्दी' सुरु गरिएको घोषणा समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)