इरानसँग व्यापार रोक्ने यूएईको घोषणा
kendrabindu.com · Thu Aug 20 01:06:09 GMT 2026

अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ। पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो।
यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताएका छन्। अबुधाबीले पछिल्ला केही सातामा इरानले हर्मुज जलमार्गमा आफ्ना ट्यांकरहरूलाई पटक–पटक निसाना बनाएको आरोप लगाउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)