‘४० वर्षदेखि राष्ट्रपतिमा जितेको जित्यै, तर नागरिकलाई थाहा छैन आफ्ना राष्ट्रपति गर्छन् चाहिँ के ?’
ratopati.com · Thu Aug 20 01:17:49 GMT 2026

याउन्डे, क्यामरुन । मध्य अफ्रिकी मुलुक क्यामरुनमा ९३ वर्षीय पाउल बिया सन् १९८२ देखि निरन्तर सत्तामा छन् । गत वर्ष उनले आठौँ पटक चुनाव जितेर फेरि राष्ट्रपति बने, मानौँ चुनाव जित्नु उनको नियमित जागिर हो र राष्ट्रपति पद उनको लागि स्थायी नियुक्ति । तर अहिलेको दृश्य झन् रोचक छ—जुन ७ मा ‘छोटो निजी भ्रमण’ भन्दै युरोप गएका बिया दुई महिना बितिसक्दा पनि स्वदेश फर्किएका छैनन् ।
सरकार भन्छ, उनी स्विट्जरल्यान्डको जेनेभामा छन् र अस्पतालमा भर्ना भएका छैनन् । तर ३ करोड हाराहारी जनसङ्ख्या भएको देशका नागरिकमा एउटा प्रश्न उठिरहेको छ: राष्ट्रपति देशमै नहुँदा देश चाहिँ कसरी चलिरहेको छ, कि राष्ट्रपतिको अनुपस्थितिलाई नै देशले चलाइरहेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)