सर्पको टोकाइबाट बारामा बालिकाको मृत्यु
annapurnapost.com · Fri Jun 26 05:05:33 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशको घटनाले एक हप्ता नबित्दै अर्को एक बालिकाको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१४ मौलापुरमा बिषालु सर्पले डसेर बिहीबार राति पाँच वर्षीया दियान्सी रानामगरको मृत्यु भएको हो ।
बालिकालाई घरको पिढीमा बसिरहेको अवस्थामा राति ८ बजे सर्पले डसेको परिवारले जानकारी गराएका छन् । बालिकालाई उपचारका लागि वीरगन्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)