दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, १० वर्षमा ५० एमबीपीएसको इन्टरनेट देशभर पुर्याउने लक्ष्य
techpana.com · Thu Aug 20 01:20:46 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले 'एकीकृत दूरसञ्चार नीति, २०८३' को मस्यौदा सार्वजनिक गरेको छ । विद्यमान दूरसञ्चार ऐन र विभिन्न समयमा जारी गरिएका छरिएका नीतिहरूलाई परिमार्जन गर्दै सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगमार्फत मुलुकको डिजिटल रूपान्तरण गर्ने लक्ष्यका साथ नयाँ नीति तर्जुमा थालिएको हो ।
मस्यौदामा आगामी १० वर्षभित्र नेपालको ९८ प्रतिशत जनसङ्ख्यामा न्यूनतम ५० एमबीपीएस गतिको उच्च गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने सङ्कल्प गरिएको छ । प्राधिकरणले यस मस्यौदामाथि आगामी १५ दिनभित्र राय-सुझाव उपलब्ध गराउन सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)