विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि तयार
canadanepal.com · Thu Aug 20 01:25:22 GMT 2026

काठमाडौँ - सरकारले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेट सञ्चालनका लागि परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यविधि अर्थ मन्त्रालयको स्वीकृतिको प्रतीक्षामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
धादिङको धुनिवेशी नगरपालिका–जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा सांसद आशिका तामाङले संसदमा उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)