राप्रपा बागमतीमा रडाको : उद्धव थापाले सरकारलाई समर्थन दिए, कुमारी तामाङले अनधिकृत समर्थन भन्दै पत्र लेखिन्
himalpress.com · Thu Aug 20 01:26:55 GMT 2026

काठमाडौँ- बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरलाई समर्थन दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रडाको चलेको छ। केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश दलका नेता उद्धव थापाले मगरलाई समर्थन गरेपछि राप्रपामा असन्तुष्टिको आगो बलेको छ। राप्रपा केन्द्रले थापालाई कारबाहीको तयारी गरेको छ। हिजै अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत स्पष्टीकरण सोधिएको छ।
यता बागमती प्रदेशकै राप्रपा प्रमुख सचेतक कुमारी तामाङले मनोमानी ढङ्गबाट निजी लेटर प्याडमा दिइएको अनधिकृत समर्थनलाई मान्यता नदिन भन्दै बागमती प्रदेशका प्रमुख दीपकराज भट्टलाई पत्राचार गरेकी छन् । सचेतक तामाङले बुधबार प्रदेश प्रमुख भट्टलाई पत्राचार गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)