अम्बा खेतीले बदलेको सिर्जनाको दैनिकी, एक सिजनमा कति हुन्छ आम्दानी ?
nepalviews.com · Thu Aug 20 02:06:16 GMT 2026

बाँके । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।
‘व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ विष्टले भनिन् । उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उनी सन्तुष्ट छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)